skip this farak Kura Pravakar

निजगढको गौरीशंकर क्याम्पसको नयाँ प्रमुख टीकाराम भट्टराई

को हुन् भट्टराई ?

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरको एक मात्र क्याम्पस गौरीशंकर क्याम्पसले नयाँ प्रमुख पाएको छ ।

स्थापनाकालदेखिकै क्याम्पस प्रमुख रामप्रसाद गौतमले छाडेपछि नयाँ प्रमुखको जिम्मेवारी टीकाराम भट्टराईले पाएका छन् ।

नयाँ क्याम्पस प्रमुख भट्टराईलाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ लगायत सदस्यहरु र पूर्व क्याम्पस प्रमुख रामप्रसाद गौतम, अध्यापन गराउने शिक्षक तथा कार्यरत कर्मचारीले स्वागत गरेका छन् ।

को हुन् भट्टराई ?

सुनसरीको बराहक्षेत्र ८ का भट्टराईले अङ्ग्रेजी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । शिक्षा संकायमा एम. फिल गरेका भट्टराईसँग करिब डेढ दशकको अनुभव छ ।

तीनपाटन बहुमुखी क्याम्पसमा ९ बर्ष क्याम्पस प्रमुखका रुपमा काम गरेका उनले नेपाल पुलिस स्कुलमा प्राचार्यका रुपमा पाँच वर्ष अनुभव संगालेका छन् ।

nijgadh-supermart-adz1200-630