skip this

मध्य माली आक्रमणः १३ जना सर्वसाधारणको मृत्यु

846 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन्।बिहीबार दिउँसो कानीबोन्जोन गाउँमा आगजनी हुँदा स्वचालित हतियारको आवाज सुनिएको एक समाचार वेबसाइटले पोस्ट गरेको भिडियोमा देखिएको छ ।

आक्रमण र हताहतीको पुष्टि बैंकास सर्कल काउन्सिलका अध्यक्ष अमाडो यारोले गरेका छन्। उक्त क्षेत्रका गभर्नर अतिवादीको बर्बर हमलाबाट पीडित भएकाहरुलाई सात्वना दिन गए राति आक्रमणस्थल पुगेका थिए । हामीले भर्खरै देखेको दृश्य भयानक छ। यो गाउँमा भएको बर्बर र अमानवीय आक्रमण हो, अन्न भण्डारहरू पनि खरानी पारिएका छन्, यारोले भने। बन्दियागराका बासिन्दा थप सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् ।

सन् २०१२ देखि माली विद्रोह, जिहादी आक्रमण र अन्तर९सामुदायिक हिंसाबाट पीडित छ । हिंसात्मक घटनामा हजारौं मारिएका छन् भने सयौं हजार विस्थापित भएका छन्।

nijgadh-supermart-adz1200-630