जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु–सुवासचन्द्र नेम्बाङ
वि.सं.२०७९ फागुन १३ शनिवार १४:२९
762
shares

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफूलाई पार्टीले राष्ट्रपति पदका लागि अघि सारेको बताउँदै पार्टीको तर्फबाट मात्र नभई सबैको तर्फबाट पार्टीका रुपमा अगाडि आएको बताएका छन् । नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् । उनले भने, जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।”
उनले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको र प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई स्वागत छ भने, । निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
वि.सं.२०७९ फागुन १३ शनिवार १४:२९

















