आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना
वि.सं.२०७९ साउन १ आइतवार ०७:२१
1.09K
shares

काठमाडौं । आइतबार बिहान प्रदेश १, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७९ साउन १ आइतवार ०७:२१

















