कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दै
वि.सं.२०७९ चैत ८ बुधवार १०:३८
624
shares

काठमाडौं । आज बिहान ११ बजे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दै छ । बैठक काठमाडौँ स्थित एक क्याफेमा बस्ने जनाइएको छ । आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमा अन्तिम निर्णय गर्न बैठक बोलाइएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिएका छन् ।
उक्त बैठक सकेर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावका विषयमा सहभागी हुन सांसदहरू हेटौँडा आउने कार्यक्रम रहेको छ । उक्त बैठकमा गठबन्धन, सरकार र कांग्रेसको सहभागिता, भागबन्डा लगायतका विषयमा छलफल हुने छ ।
वि.सं.२०७९ चैत ८ बुधवार १०:३८
















