skip this

कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री दाहालको पाउमा तेल घस्दैछन् –गोकुल बास्कोटा

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पाउमा तेल घसिरहेको नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता बास्कोटाले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताएका छन् ।

नेता बास्कोटाले समाजिक सञ्जालमा लेखेका छन्, गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन। रामचन्द्र हराऊ,सुवास जिताऊ। प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ। चकचकेको कचकच बन्द हुनै पर्छ। राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।

nijgadh-supermart-adz1200-630