कविता : सस्तो प्रेम र सिन्दुर

वि.सं.२०७९ फागुन २० शनिवार ०९:२२
366
shares

सार्है सस्तो हुन थालेछ।
रातो सिन्दुर बजारमा,
सिउँदोमा सजिने चिज,
फालाफाल छ सन्सारमा,
मनमुटुको के कुरा गर्नु हजुर,
यहाँ त हरेक सम्बन्ध गनिन्छ पैसामा,
माया प्रेमका कसम के खानु र खै,
तनको जमानामा मन बिक्छ,
कौडिको भाउमा
सार्है सस्तो हुन थालेछ ।
रातो सिन्दुर बजारमा,
सिउँदोमा सजिने चिज,
फालाफाल छ सन्सारमा,
प्रेमको भिख त सबैले माग्छन् हजुर,
दिललाइ भिखारी बनाएपछी, मात्र बस्छन् यादमा
सुख दुखको कसम के खानु र खै?
हिरा छोडि कोइला रोज्छन एक क्षणमा
सार्है सस्तो हुन थालेछ।
रातो सिन्दुर बजारमा,
सिउँदोमा सजिने चिज,
फालाफाल छ सन्सारमा,
जन जनको के कुरा गर्नु हजुर,
सिउँदोको सिंदुर नै छ बिक्रिमा,
सात वचनको कसम के खानु र खै ?
मान्छे विश्वास गर्छन् देखावटी सन्सारमा,
-भरतपुर, चितवन

वि.सं.२०७९ फागुन २० शनिवार ०९:२२