skip this

दैलेख–सुर्खेत सडक खण्डमा हुने सवारी दुर्घटना रोक्न टाइमकार्ड लागु

2.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत । कर्णाली प्रदेशको दैलेख–सुर्खेत सडक खण्डमा हुने सवारी दुर्घटना रोक्न टाइमकार्ड लागु गरिएको छ। उक्त सडकमा तिब्र गतिमा हुने सवारी दुर्घटना रोक्न पटक–पटक टाइम कार्डको नियम लागु गरिँदै आएको छ। केही महिनासम्म टाइमकार्डको नियम लागु हुने र हट्ने गरेको छ। बीचैमा अलपत्र परेको टाइमकार्ड नियम पुन लागू गरिएको हो ।

टाइमकार्डको नियम संविधानसभा सदस्य एवं कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री अम्मरबहादुर थापा, नारायण नगरपालिका प्रमुख लोमन शर्मा र प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललगायतको सहभागितामा सुरु गरिएको छ।

लामो समयदेखि कार्यान्वयनमा नआएको टाइमकार्डको नियम सोमबारदेखि पुन कार्यान्वयनमा ल्याइएको हो।तिव्र गतिमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न टाइम कार्ड लागु गरिको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

nijgadh-supermart-adz1200-630