झापाको सिमलडाँगीमा आगलागी, ६ वटा घर जलेर नष्ट
वि.सं.२०७९ साउन ४ बुधवार ०८:३०
1.08K
shares

काठमाडौं । आज बिहान झापामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा आगलागी हुँदा ६ वटा घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयको नेतृत्वमा करिब ३ घन्टापछि आगो नियन्त्रण गरिएको थियो ।अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आज बिहान तीन बजेको समयमा स्थानीय अब्दुल करिम अलीको घरमा विद्युतीय मिटर सर्ट भई आगलागी भएको थियो । सर्ट हुँदा अब्दुलको घरसँगै जोडिएका अन्य पाँच घर पनि जलेर खरानी भएका थिए ।
वि.सं.२०७९ साउन ४ बुधवार ०८:३०

















