दसैँ चहलपहल : किनमेल गर्नेदेखि गाडी चढ्नेको भिड (भिडियो)

810 shares

काठमाडौं–यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो ।

दसैँको आगमनसँगै काठमाडौँमा चहलपहल बढेको छ ।

दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसल देखि मोबाइल पसलसम्म भिड उस्तै बाक्लो छ ।दमुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ ।

त्यसैगरि दसैं मनाउन घर फर्किनेहरुको भिड पनि बसपार्क क्षेत्रमा बाक्लो छ ।

हेर्नुस् भिडियो :