भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत
वि.सं.२०७९ असोज ११ मंगलवार १७:२५
678
shares

भक्तपुर, ११ असोज । भक्तपुरमा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार पक्राउ गरेको छ ।
थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ असोज ११ मंगलवार १७:२५

















