कोल्हवीको जमुनीया खोलामा पुरुषको शव फेला
वि.सं.२०८० वैशाख २५ सोमवार २२:०३
894
shares

बारा– बाराको कोल्हवी नगरपालिका–१० बेलवास्थित जमुनीया खोलामा एक पुरुषको शव फेला परेको छ ।
स्थानीयले पानीमा शव तैरी रहेको देखेपछि ईलाका प्रहरी कार्यालय कोल्हवीलाई खबर गरेका थिए ।
प्रहरीले शवको पहिचान भएको जनाएको छ । स्थानीय ४० बर्षिय महेश माझीको शव रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० वैशाख २५ सोमवार २२:०३

















