जीतपुरसिमरा उपमहानगरपालिकामा `घ´ वर्गका निर्माण व्यवसायीले इजाजतपत्र नविकरण गर्नुपर्ने
निर्माण व्यवसायीलाई कार्तिकसम्म म्याद
वि.सं.२०८० वैशाख २५ सोमवार २१:२२

बारा- पुर्वाधार निर्माणको कार्यलाई व्यवस्थित, गुणस्तरीय, व्यवसायीक र जन उत्तरदायी बनाउनको लागी जीतपुरसिमरा उपमहानगरपालिकाले पहल थालेकाे छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको “घ” वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, २०७५ को दफा ११ बमोजिम नविकरण गर्नुपर्ने र यस नगरपालिकामा जीतपुरसिमरा उपमहानगरपालिकाको “घ” वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, २०७५ को दफा १०(१) बमोजिम दर्ता भई ऐ. ऐ. कार्यविधिको दफा ११ बमोजिम नविकरण गर्न सूचना निकालिएकाे छ ।
तत्कालिन जिल्ला विकास कार्यालय, कलैया बारामा निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ (३) र निर्माण व्यवसाय नियमावली, २०५६ को नियम ६ (१) बमोजिम दर्ता भई सञ्चालनमा रहेका निर्माण व्यवसायिले समेत जीतपुरसिमरामा दर्ता/नविकरण गर्नुपर्ने सूचनामा उल्लेख छ ।
निर्माण व्यवसायीहरुको संस्थागत विकास गर्न तथा निर्माण कार्यलाई गुणस्तरिय बनाउँन निर्माण व्यवसाय नियमावली, २०५६ को अनुसूची १३ र जीतपुरसिमरा उपमहानगरपालिकाको “घ” वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, २०७५ को अनुसूची ६ मा उल्लेखित कागजातहरु पेश गरी नविकरण गर्न प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनाएका छन् ।
२०८० साल कार्तिक मसान्तभित्र कार्यविधिको अनुसूची- ४ बमोजिमको ढाँचामा निवेदन पेश गरी इजाजतपत्र नविकरण गर्नु म्याद दिईएकाेेे प्रमुख प्रशासकीय पुरीले जानकारी दिए ।
के-के आवश्यक पर्छ ?
क. जीतपुरसिमरा उपमहानगरपालिकाको “घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, २०७५ को अनुसूची ७ को ढाँचामा सार्वजनिक निर्माण कार्यको विवरण,
ख. कालो सूचीमा नपरेको, कुनै पनि कार्बाहीमा नपरेको, गैरकानुनी कुनै पनि काम नगरेको भनी स्वघोषणा.
ग. जीतपुरसिमरा उपमहानगरपालिकाको “घ” वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, २०७५ को अनुसूची- ६ को बुदाँ नं. २ बमोजिमका कर्मचारीहरुलाई पारिश्रमिक बुझाएको बैंक स्टेटमेन्टको प्रतिलिपी,
घ. जीतपुरसिमरा उपमहानगरपालिकाको “घ” वर्ग निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, २०७५ को अनुसूची ६ को बुदा नं. ३ बमोजिमका उपकरणसंग सम्बन्धित कागजातहरुको प्रतिलिपी,
ङ. यान्त्रिक उपकरणहरु ठिक अवस्थामा रहेको कुरा मेकानिकल ईञ्जिनियरबाट प्रमाणित गरेको पत्र । च. नियमानुसारको राजश्व तिरेको रसिदको प्रतिलिपी ।
हेर्नुस् अनुसूची :

वि.सं.२०८० वैशाख २५ सोमवार २१:२२

















