skip this farak Kura Pravakar

प्रमु महालक्ष्मी लाईफ इन्स्योरेन्स निजगढ शाखाद्धारा खैरहनीमा मृत्यु दाबी भुक्तानी

3.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– प्रमु महालक्ष्मी लाईफ इन्स्योरेन्स निजगढ शाखाले चितवनको खैरहनीमा मृत्यु दाबी भुक्तानी गरेको छ ।

खैरहनी नगरपालिका–२ श्रीकृष्ण टोलका बिमित चेतबहादुर डल्लाकोटीको परिवारलाई शाखा प्रमुख अमृता कुमारी बस्नेतले सोमबार चेक हस्तान्तरण गरेकी हुन् । मृतकका भाई राजकुमारलाई घरमै पुगेर १० लाख ६३ हजार तीन सय ३३ रुपैँया बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

१० लाखको विमा गरेका चेतबहादुरले दुई किस्ता बापतको दुई लाख ७७ हजार तीन सय ८० रुपैँया बुझाएको शाखा प्रमुख अमृता कुमारी बस्नेतले जानकारी दिईन् । उनका अनुसार विमित अविवाहित थिए ।

दाबी भुक्तानी कार्यक्रममा वडा अध्यक्ष नवराज भुसाल, वडा सदस्य दिपेन्द्र चौधरी, श्रीकृष्ण टोल सुधार समितिका अध्यक्ष हरीशरण तिमल्सिना, सिनियर एजेन्सी म्यानेजर लक्ष्मी लामिछानेको उपस्थिति रहेको थियो ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630