skip this farak Kura Pravakar

अवैध संरचना भत्काउने कामले भुइँ तहमा बसेर संघर्ष गरिरहेका नागरिकको उठिवास लगाउने खतरा छः सांसद विश्वकर्मा

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सुरु गरेको अवैध संरचना भत्काउने कार्य देशका विभिन्न स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन् । नगर भित्रका अवैध संरचना भत्काउने र अन्डरग्राउन्ड खाली गर्ने विषयले अहिले महानगर नै हन्लाएको छ । यस विषयमा विभिन्न पार्टिका सांसदहरुले आ–आफ्नो भनाईहरु राखेका छन् । यसैसन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्मासँग गरेको कुराकानी:

अवैध संरचना भत्काउने काठमाडौं महानगरको अभियानलाई कसरी हेर्नुभएको छ ?

अनधिकृत घर, टहरालगायत संरचना हटाउनु या भत्काउनुपर्छ भन्नेमा कुनै विमति हुनै सक्दैन । तर यस्ता संरचना हटाउने काम प्रचलित ऐन, कानुनअनुसार हुनुपर्छ । राज्यले त्यस्ता संरचना भत्काउँदा ब्यक्तिसरह बल प्रयोग गर्नुहुदैन ।

महानगरको अभियानले कस्तो परिणाम ल्याउन सक्छ ?

राज्यको कार्यकारी निकायले अनाधिकृत संरचना हटाउने नाममा जसरी अहिले जनतामाथि बल प्रयोग गरिरहेको छ, यसले राज्य जनताबीच द्धन्द्ध निम्त्याउँछ । अहिले महानगरले भत्काएका संरचनाबाट घर धनीको भन्दा पनि साधारण व्यवसायीको ठुलो क्षति भएको छ । यसले भुइँ तहमा बसेर संघर्ष गरिरहेका नागरिकको उठिवास लगाउने खतरा हुन्छ ।

अनधिकृत संरचना हटाउन महानगरले के गर्दा ठिक हुन्थ्यो त ?

संविधानतः तीन तहका सरकामध्ये संघ र स्थानीय तहका सरकारसँग मात्र कार्यकारी अधिकार छ । प्रदेश सरकारसगँ मध्यस्थताको मात्र अधिकार हुन्छ । यस्तोमा कुनै पनि तहको सरकारले कार्यकारी अधिकार प्रयोग गर्दा जनतासगँ संवाद र सहकार्य गर्नु जरुरी छ । अन्यथा कार्यकारी अधिकारको दुस्पयोग हुन सक्ने खतरा रहन्छ ।

नयाँ पत्रिका दैनिकबाट

 

nijgadh-supermart-adz1200-630