skip this farak Kura Pravakar

सडक निर्माण नगरेको भन्दै कलैयाको भरतचोकमा टायर बालेर प्रदर्शन

1.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत पर्ने कलैयाको मुख्य सडक निर्माण नहुदाँ स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले टायर बालेर विरोध गर्दै सोमबार बिहानै सडक अवरुद्ध गरेका हन् । स्थानीयवासीले भरत चोकदेखि अस्पताल जाने सडक जाम गरेका छन् ।

कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वादेखि पिलुवा सम्म २६ किलोमिटर लामो सडक मुख्य सडकको रुपमा रहेको छ । निर्माण अधुरो सदरमुकामको मुख्य बजार क्षेत्र जसमा ३ किलोमिटर बाँकी छ । दक्षिणमा रहेको देविगन्ज–भरत चोक हुँदै उत्तरमा मदिन टोल सम्म तीन किलोमिटर सडक निर्माण हुन सकेको छैन । सडक निर्माण नहुदा आवतजावतमा सास्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

सडक निर्माण नहुदा धुलोले सडक पसल सञ्चालन गर्न निकै कठिनाई भईरहेको स्थानीय इन्द्रदेव यादवले बताए । उपमहानगरले पानी नपटाउँदा धुलो उडेको बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सडकमा पर्ने भौतिक संरचनाहरु भत्किएको बताए । भौतिक संरचनाको मुआब्जा केन्द्रबाट नआएको नआउँदा वितरण हुन नसकेको जानकारी पाएको बताए । हुलाकीको प्रमुखसंग छलफल भएको र चाँडै नै नागरिकले मुआब्जा पाउने बताए । उनले मुआब्जा पाउने बित्तिकै काम सुरु हुने जानकारी दिए ।

 

nijgadh-supermart-adz1200-630