होटलमा टिप्स नै १२ लाख !

वि.सं.२०७८ असोज ७ बिहीवार ११:०९

जब हामी खाना वा खाजा खान कुनै रेस्टुरेन्ट वा होटलमा जान्छौ, वेटरको सेवा चित्त बुझेपछि उनीहरूलाई केही रुपैयाँ टिप्समा दिन्छौ ।
तर के कसैले खाना खान गएको बेला होटलका स्टाफसँग खुसी भएर लाखौं रुपैँया दिएको पत्याउनु हुन्छ । अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टमा एक ग्राहकले त्यहाँका स्टाफलाई १० हजार डलर अथार्त करीब ११ लाख ८० हजार रुपैँया टिप्समा दिए ।
रेस्टुरेन्टको स्टाफको सर्विसबाट खुसी भएका ती ग्राहकले उनीहरूको मेहनतको तारिफ गर्दै त्यति धेरै रकम टिप्समा दिएका हुन् ।
फ्लोरिडाको गेन्सभिल्लेस्थित ’द वाहू सीफूड ग्रिल’ रेन्टुरेन्टले इंस्टाग्राममा पोस्ट गरेको जानकारी अनुसार ति ग्राहकले रेस्टुरेन्टको भ्रमणपछि सबै स्टाफसंग कुरा गर्ने बताए । त्यहा उनले डाइनिंग एरियामा जम्मा भएका कर्मचारीको कडा मेहनतलाई धन्यवाद समेत दिए । कुराकानीपछि ति ग्राहकले त्यहाँ कार्यरत १० कर्मचारीलाई जनही १ हजार डलर टिप्स दिने बताए ।
रेस्टुरेन्ट धनी शन शेफर्डले पोस्टमा लेखेका छन्, म खासै भावुक मानिस होइन तर ग्राहकको यो व्यवहारबाट म भावुक बने । उनको उदारताबाट म निकै खुसी छु ।

वि.सं.२०७८ असोज ७ बिहीवार ११:०९