बडहर्वाको भूमीहिन तथा दलितको फारममा गडबडी ! पूर्जा बाड्न नयाँ फारम भर्न उपमहानगरको पहल
वि.सं.२०८० फागुन १० बिहीवार २३:१३

बारा–राष्ट्रिय भूमी आयोग बाराको टोलीले जीतपुरसिमरा उपमहानगरगरपालिकाका वडा नं. १८ मा माघ अन्तिम साता जग्गा नापी सुरु ग¥यो ।
वडा कार्यालयले वितरण गरेको निस्सा अनुसार जग्गाधनी पूर्जा उपलब्ध गराउन आयोगले नापी सुरु गरेको हो । वडा कार्यालयले अघिल्लो वर्ष नौ सय १५ परिवारलाई निस्सा वितरण गरेको थियो । निस्सा वितरण भएपनि समयमै नापी नहुँदा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासमा रहेका परिवार अन्यौलमा थिए ।
आयोगले नापी सुरु भएसंगै आवास र भूस्वामित्व सुनिश्चित हुनेमा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी उत्साहित थिए । तर आशावादी देखिएका स्थानीयलाई अहिले निराश बनाएको छ ।
त्यसको कारण हो,–भूमिहीन दलित/भूमिहीन सुकुम्बासीहरुको लगत संकलित फाराममा भएको गडबडी भएको पाईएको छ ।
भूमी आयोग बाराका विज्ञ सदस्य केदारप्रसाद गौतमका अनुसार फारम भर्दा भूमीहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थितको बेग्ला बेग्लै कोर्ड निर्धारण गरिएको हुन्छ ।
भूमीहीन दलित दर्ता कोड MBDM001MBDM001, भूमिहीन सुकुम्बासी दर्ता कोड MBSM0001 हुनुपर्नेमा, अव्यवस्थित दर्ता कोड MABM0001 मा सबै फारम भरेकोले समस्या देखिएको विज्ञ सदस्य गौतमले जानकारी दिए ।
उनका अनुसार भूमिहीन दलित ७५ जना, भूमिहीन सुकुम्बासी तीन सय ५२ जनाको फारम पुनः भराई अनलाइन गर्नु पर्ने भएको छ ।
आयोगको काम सहजिकरणका लागि नगर र वडामा समेत सहजिकरण समिति रहेको हुन्छ । कोर्ड नम्बर फरक परेको समस्या समाधानका लागि
आयोग जीतपुरसिमरा नगर सहजीकरण समितिको निर्णय पर्खेर बसेको थियो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको २५ औं कार्यपालिका बैठकले भूमिहीन दलित÷भूमिहीन सुकुम्बासीहरुको लगत संकलित फाराम अनुसूची–४ प्रणालीबाट हटाउने र अनुसूची–३ प्रविष्टिका लागि राष्ट्रिय भूमि आयोग, जिल्ला समिति बारालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

वि.सं.२०८० फागुन १० बिहीवार २३:१३

















