skip this

 डा. तोसिमा कार्कीको घरदैलो कार्यक्रम

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्ननो प्रचारप्रसारलाई निरन्तरता दिइरहेकी छन् ।

निर्वाचन आयोगले उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेका बेला उनले आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिएकी छन् ।

आयोगको डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएको थियो । उक्त आदेश बदर गरि पाउँदै भन्दै आयोगले फेरि सर्वाेच्चमै निवेदन दिएको छ । तर, निवेदन विचाराधीन अवस्थामा छ । यही अवस्थामा उनी प्रचारप्रसारमा सक्रिय रहँदै आएकी छन् ।

उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा १५ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ ।

ललितपुर–३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका कार्कीले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको बताउँदै आएकी छन् ।

घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर मतदाताकोमा पुगेकी छन् । रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायतका विषय समेटेर वाचापत्र सार्वजनिक गरेको छ ।

nijgadh-supermart-adz1200-630