skip this farak Kura Pravakar

नाइजेरियामाथि पोर्चुगलको सहज जित

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ। बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन्।

यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ। बेन्फिकाका १९ वर्षिय रक्षक एन्टोनियो सिल्भाले प्लेइङ सेटमै डेब्यु गरेका थिए। खेलको नवौं मिनेटमै ब्रुनोले अग्रता लिएका थिए। ३५औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।

प्रशिक्षक फर्नान्डो सान्तोषले दोस्रो हाफमा ६ खेलाडी परिवर्तन गरेका थिए। रामोसले ८२औं मिनेटमा तेस्रो गोल गरेका थिए। ४५ हजार दर्शकमाझ मारियोले ८४औं मिनेटमा चौथो गोल गरेका थिए।

पोर्चुगल विश्वकपको समूह एच मा छ। जुन समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन्। २२ नोभेम्बरमा घानासँग खेल्दै पोर्चुगलले विश्वकप यात्रा सुरु गर्नेछ।

 

nijgadh-supermart-adz1200-630