skip this hetauda tech

सुनको मूल्यमा रेकर्ड ब्रेक : प्रतितोला १ लाख ७ हजार रुपैयाँ

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सुनको मूल्यले आफ्नै रेकर्ड ब्रेक गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।

यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630