skip this

आजको फलफूल तथा तरकारीको मुल्यः बढ्यो हरियो तरकारीको भाउ

705 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौंं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । हाज हरियो तरकारीमा प्रतिकेजी ५० रुपैयाँ सम्म मूल्य बढेर आएको छ ।

जसअनुसार आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेँडा सानो प्रतिकेजी ३५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज,७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । आज गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ ।

आज गाजर न्यूनतम प्रतिकेजी १२०,मूला रातो १००, घिउ सिमी लोकल ८०,भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००,तितो करेला ९०,लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ४५, घिरौंला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

आज लोकल सिमी गाँजर,करेलामा प्रतिकेजी १० रुपैयाँले मूल्य घटेर आएको छ । तर,डल्ले च्याउ र कुरीलोमा हिजोको तुलनामा आज प्रतिकेजी ५० र कन्य च्याउमा २० रुपैयाँ बढेर आएको छ ।

आज डल्लेच्याउ प्रतिकेजी ३५०, कन्य च्याउ २००, कुरीलो ४५०,ब्रोकाउली ३००, भिण्डी ५०, रायो साग १००, हरियो प्याज १८०,काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ । फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

nijgadh-supermart-adz1200-630