उपत्यका मेयर्स फोरमको अध्यक्षमा महर्जन चयन, अरु काे भए पदाधिकारी ?
वि.सं.२०७९ चैत २५ शनिवार ०७:१३

काठमाडौं-उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन्।
काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने फोरमको विहिबार बसेकाे बैठकले नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुरथिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ चयन भएका हुन्।
फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन्।
‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने
उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने फाेरमले निर्णय गरेको छ।
यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।
वि.सं.२०७९ चैत २५ शनिवार ०७:१३
















