कोरोनाका कारण रहेनन् हाँस्य कलाकार ‘बखते’

वि.सं.२०७८ भदौ ५ शनिवार ०९:०५
1.61K
shares

काठमाडौं :शम्भुराज थापा ‘बखते’ काठमाडौं– विभिन्न टेलिफिल्ममा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणका कारण शनिबार बिहान निधन भएको छ ।
झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत ६४ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो ।
थापाले टेलिफिल्म ‘हल्का रमाइलो’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मह सञ्चार’, ‘मेरी बास्सै’लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए । उनले केही टेलिभिजन र विज्ञापनमा समेत अभिनय गरेका थिए ।
उनको परिवारमा श्रीमति, एक छोरो र एक छोरी छन् । सामाजिक सञ्जालमार्फत कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वि.सं.२०७८ भदौ ५ शनिवार ०९:०५