skip this farak Kura Pravakar

सरू बस्नेतकाे कविता सस्तियाे मृत्युु

840 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

छन्द : स्रग्धरा
सरू बस्नेत

आफैँ चुम्दैछ मौरी किन-किन भँवरा कोपिला फूललाई
व्यर्थै रोप्दैन कोही  कि कलुषित भइन् सृष्टिकी ज्योति भाइ ।
के हो के धर्म के हो कलियुग अहिले भ्रष्टखेती छ टम्म
ए! देवी अन्य छाडूँ नर-नर बिचमा सस्तियो मृत्युसम्म ॥१॥

जो कोही हुन्छ गाह्रो अपविधि सहँनै सत्यमा दु:खकाख
बाङ्गो छाडेर सीधा गिरिवन पहिला वृक्ष काटिन्छ लाख ।
सक्दैनौँ ए कता छौँ लिन पनि कहिल्यै शत्रुलाई अधीन
खेलौनाझैँ छ हाम्रो कि कुन नियतिले मृत्यु नै मूल्यहीन ॥२॥

हाम्रा यी हातमा नै छ युवकयुवती भोलिको झन् भविष्य
हामी निर्माण आफैँ अनवरत गरौँ विश्वको नेत्र शिष्य ।
नेपाली पार्वतीको मनमुटु कहिल्यै नीति तोडेर छुन्न
पूर्ख्यौली साधनाले गिरिशिर नचुमे जन्म नै सिद्ध हुन्न ॥३॥

साझा सम्पत्ति नै हुन् थरिथरि कविता वेद संस्कार भाइ
भेट्ने उद्देश्य हाम्रो तन मन धनले सच्चिदानन्दलाई ।
स्वीकारी सत्यलाई अघि अघि नबढे काँध राखेर देश
बित्था दुष्कार्यले झन् मनभरि कहिल्यै मुक्ति मिल्दैन शेष ॥४॥

एकै काँटी सलाई रिपुदल छ कयौँ धर्मको निम्ति कोरौं
बोली तेरो न मेरो सकल मिलिजुली माहुरी सीप चौरौँ ।
पैसाले किन्नलाई छलकपट गरी देह सामान हैन
भुक्दै भुक्दै बराली पशुसरह मरे जन्मको मान छैन ॥५॥

निजगढ-७ बारा

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630