जनताको सेवामा जुट्यो नेकपा (एकिकृत समाजवादी)
वि.सं.२०७८ भदौ ४ शुक्रवार २१:३७
573
shares
बारा : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य पुरुषोत्तम पौडेलले दलित परिवारलाई राहत बाँडेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिकास्थित भगवानपुरमा शुक्रबार राहत सामाग्री र स्वास्थ्य सामाग्री बाँडिएको हो ।
पार्टी निकट पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री पौडेलले एक सय २५ परिवारलाई राहत वितरण गरेका हुन् ।
प्रतिपरिवार एक बोरा चामल र सेनिटाइजर र मास्क वितरण गरिएको नेकपा (एकिृकत समाजवादी) बाराका नेता ढुण्डिराज उप्रेतीले जानकारी दिए ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार २१:३७