skip this hetauda tech

पहिलो पटक क्यानको साधारण सभा कर्णालीमा

372 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत – नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आज कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ ।

क्यानको वार्षिक साधारणसभा पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो ।

दुई दिनसम्म चल्ने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी हुने छन्। साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुनेछ।

हिजो गरिएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलो पटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जनाएका थिए ।

nijgadh-supermart-adz1200-630