संसदीय दलको नेताका लागि गगन– शेखर दुवै अडानमा, सहमति जुटाउन सकस
वि.सं.२०७९ पुस ५ मंगलवार १०:२१

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि संस्थापनइतरबाट दुई जना नेता गगन थापा र शेखर कोइराला प्रतिष्पर्धाको दौडमा छन् ।आजै दलको नेताका लागि उमेदवारी दर्ताको समय रहेको छ । निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । भोलि निर्वाचन हुँदै छ ।त्यसअघि अहिले लैनचौरको एक पार्टी प्यालेसमा कांग्रेसमा संस्थापनइतर समूहका नेताहरु छलफलमा जुटेका छन् ।
छलफलले सकेसम्म एकजनाको मात्रै उमेदवारी कायम रहनेगरी सहमति जुटाउने प्रयास गर्नेछ । तर त्यो सम्भावना निकै कम देखिएको सहभागी एक नेताको टिप्पणी छ ।गगन थापा र शेखर कोइराला १४औं महाधिवेशनमा एउटै समूहमा थिए । कोइराला सभापतिमा पराजित भएका थिए भने थापाले महामन्त्रीमा जित हासिल गरेका थिए ।संसदीय दलको नेता बन्न दुवैले दाबी गरेपछि १५ औँ महाधिवेशनलाई पनि दृश्यमा राखेर अघि बढ्न नेताहरूले सुझाव दिएका छन् ।
वि.सं.२०७९ पुस ५ मंगलवार १०:२१

















