केन्द्रदेखि सबै प्रदेशमा गठबन्धनबाट सरकार बन्छ–गगन थापा
वि.सं.२०७९ फागुन १६ मंगलवार ११:४६
1.88K
shares

काठमाडौं । केन्द्रदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।उनले गत पुस १० को गठबन्धन भत्काइएकोले अब चुनावकै बेलाको गठबन्धनबाट सबैतिर सरकार बन्ने बताएका छन् ।
‘
केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्छ,’ काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताएका छन्।
वि.सं.२०७९ फागुन १६ मंगलवार ११:४६

















