skip this

जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने वर्तमान सरकारको संकल्प छ–प्रधानमन्त्री दाहाल

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकार बदलिएको व्यवस्था अनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न वर्तमान सरकार दृढ संकल्पित रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज अल्पसंख्यक सीमान्तकृत माझी समुदायले फागुन महिनाको तेस्रो आज मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जाति रहेको बताउँदै विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630