एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
वि.सं.२०७९ चैत ५ आइतवार १४:४३
669
shares

काठमाडौं । सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले निर्णय गरेको छ ।पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
बैठकले हाल कायम रहेका महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गर्नुभएका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित छन् ।
वि.सं.२०७९ चैत ५ आइतवार १४:४३
















