नबिल बैँकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त
वि.सं.२०७९ जेठ ९ सोमवार २०:४१
4.62K
shares

काठमाडौँ । नबिल बैँकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् ।
शनिबार भएको बैंकको विशेष साधारणसभाले नविल बैंक सञ्चालक समितिको प्रस्ताव अनुसार ढुंगानालाई सीइओमा नियुक्त गरेको हो ।
नबिलका वर्तमान सीईओ अनिल शाहको कार्यकाल आगामी असार पहिलो सातामा सकिँदैछ । ढुंगानाको नियुक्ति असार १७ गतेबाट लागू हुने बताइएको छ ।
उनी नेपाल बंगलादेश बैँकका पूर्व सीइओ हुन् । उनले नबिल बैँक र नेपाल बंगलादेश बैँकबीचको मर्जर प्रक्रियाका लागि भूमिका समेत खेलेका थिए ।
नबिल बैँक र नेपाल बंगलादेश बैँकबीच असार अन्तिममा एकीकृत कारोबार सुरु गर्ने गरी तयारी भएको छ ।
वि.सं.२०७९ जेठ ९ सोमवार २०:४१

















