skip this farak Kura Pravakar

बाराका १६ मध्ये ११ पालिका प्रमुख तथा अध्यक्षले लिए शपथ

2.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराका १६ वटा स्थानिय तह मध्ये ११ वटा पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत तथा बारा जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले शपथ ग्रहण गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत रेग्मीले निर्वाचित नगर प्रमुखहरुलाई ईश्वर, देश र जनताको नाममा शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत रेग्मीले निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्त भित्र रहेर काम गर्न आग्रह गरेका छन् ।

निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्न रेग्मीले सुझाव दिएका छन् ।

शपथग्रहण कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र जनप्रतिनिधि हिँड्नुपर्ने बताएका छन् ।

बाराको १६ पालिका मध्ये महागढीमाई, पचरौता नगरपालिका, आदर्श कतोवाल, बारागढी र करैयामाई गाँउपालिका प्रमुखहरु आज भएको शपथग्रहण कार्यक्रममा छुटेका छन् ।

आज शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानुनी ब्यवस्था छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजै जिम्मेवारी समेत सम्हालेका छन् ।

nijgadh-supermart-adz1200-630