शापू रोग के हो, कसरी बच्ने ? (सन्देशसहित)

291 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको रोग हो– शापू ।
   यो दृष्टिविनाशक रोग हो । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरा रहन्छ ।
    समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाएको छ ।
मन्त्रालयले यस रोगको लक्षण देखिएमा आफूखुशी औषधी वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाएको छ ।
   ‘सेतो पुतलीदेखि रहौँ सावधान, गरौँ शापूको रोकथाम’ नारासहित स्वास्थ्य मन्त्रालयले शापू जनचेतना जगाउन यस रोगसँग सम्बन्धित विभिन्न चार प्रश्नको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
शापू रोग रोकथामबारेको सन्देश :

nijgadh-supermart-adz1200-630