skip this

लोसपाको बैठक बस्दै, सरकारमा सहभागिताको विषयमा छलफल गर्ने

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक बस्दै छ । आज बस्न लागेको बैठकमा सरकारमा सहभागिताको विषयमा छलफल गरिने छ । पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ ।

लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको थियो । तर सो प्रस्तावमा आठ दलीय गठबन्धन सहमत भएन । त्यसपछि गठबन्धनले कांग्रेसले अघि सारेको नेता पौडेलमा सहमति जनाएको थियो ।

nijgadh-supermart-adz1200-630