वि.सं २०७८/०५/२५ शुक्रवार को राशिफल

वि.सं.२०७८ भदौ २५ शुक्रवार ०८:२४

वि.सं.२०७८ साल भदौ २५ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– चतुर्थी, रातको १२ बजेर १६ मिनेट उप्रान्त पंचमी । नक्षत्र– चित्रा, बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त स्वाती । योग– ब्रम्ह, बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण– वणिज, दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर १६ मिनेट उप्रान्त बव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–तुला ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान ३१ घडी ०५ पला । श्रीगणेशचतुर्थी,चन्द्रदर्शनदोष(चथा):राष्ट्रिय धर्मसभा स्थापन दिवस । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यात्राको योग पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नामा आउला ।
मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धर्म कर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाईनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार ०८:२४