skip this

संघीय संसदमा सोचेजस्तो सिट नआए हाम्रो भूमिका निर्णायक छ –प्रचण्ड

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताएका हुन ।

उनले १२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा नभएको र प्रदेशमा ७४ को हाराहारीमा रहेको जानकारी दिएका छन् । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो नभएको उनले जिकिर गरेका छन् । उनले राष्ट्रिय राजनीतिमा माओवादीको भुमिका केन्द्रीय नै रहेने र त्यसलाई कसैले खोस्न नसक्ने दाबी गरेका छन् ।प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताएका छन् । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630