ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:२९
1.34K
shares

ललितपुर। ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् ।
सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ताेसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन ।
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:२९
















