skip this

सिंगौलका मृगौला पीडितलाई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.निजगढद्धारा विमा भुक्तानी

4.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–२ सिंगौलका मृगौला पीडितलाई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.निजगढ शाखाले विमा भुक्तानी गरेको छ ।

घरमै पुगेर स्थानीय सन्तोष दर्लामीको परिवारलाई कम्पनीले १० लाख विमा भुक्तानी गरेको हो ।
सन्तोषले घातक रोग सहित को सुविधाको विमा गरेकाले दुवै मृगौला खराब भई प्रत्यारोपण गरेको हुँदा सो सुविधाबाट पाउने विमाङ रकम बरावरको रकम प्राप्त गरेका हुन् ।

कम्पनीका प्रदेश प्रमुख सुदिष्ट गुप्ता, शाखा प्रमुख अमृता कुमारी बस्नेत, सोही वडाका कार्यबाहक वडा अध्यक्ष पुष्कर खड्का, अभिकर्ताहरु शारदा विष्ट, लक्ष्मी लामिछाने, रूपा विष्ट, सरस्वती तिमल्सिना, संगिता थापा, सावित्री थापा, मेनुका थापाको रोहवरमा रकम हस्तान्तरण गरिएको हो ।

विमित उपचारको क्रममा काठमाडौं रहेको हुँदा उनको आमा गोमा माया पुलासी, दिदी विन्दु मगरलाई हस्तान्तरण गरिएको हो ।

nijgadh-supermart-adz1200-630