skip this farak Kura Pravakar

देशमा गृहमन्त्रालय छ, गृहमन्त्री खै ? – ज्ञानेन्द्र शाही (भिडियोसहित)

5.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालाजु र गोंगबु क्षेत्रमा दुई दिनअघि भएको लुटपाटबारे संसदमा कुरा उठाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘संसारका अरु देशमा देखिएको लुटपाटको दृश्य गोंगबुमा देखियो। यदि सकरार छ भने दिनदहाडै लुटपाट हुन्छ। करोडौ लगानी गरेका व्यवसायी किन डुब्दैछन्?’, उनले भने, ‘यदि यो देशमा सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो ?’

उनले गृहमन्त्रालय पनि आफैंले राख्ने हो भने सबै मन्त्रालय प्रधानमन्त्रीलाई दिए हुने बताए। ‘अब सबै मन्त्रालय प्रधानमन्त्रीलाई नै दिए हुन्छ’, उनले भने, ‘गृहमन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखिएको छ? प्रधानमन्त्रीले नै सबै चलाउने हो भने अरुको के काम ?’

उनले देशको शान्ति सुरक्षा कायम गर्नका लागि तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे। ‘देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्’, उनले भने ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/936343760709811

 

nijgadh-supermart-adz1200-630