skip this farak Kura Pravakar

मन्त्रिपरिषद् बैठक : जेबी टुहुरेलाई जनगायककाे उपाधि

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सरकारले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ लाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जे.बी. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हाे ।

१० भदौ २०७८ मा जे.बी. टुहुरेकाे निधन भएको थियाे ।कलंकीस्थित घरमा पक्षघात भएर लडेका बयाेधा अस्पतालमा मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।

को हुन् जेबी टुहुरे ?

१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनी जेबी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई …’ निकै चर्तित छ ।

राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार थिए ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन समेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

nijgadh-supermart-adz1200-630