skip this

जीतपुरसिमरा उपमहानगरले ढलान र पिचमा परेकाे विद्युत पाेल हटाउने

फेसबुकमार्फत पाेलकाे फाेटाे पठाउन आह्वान

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाभित्र ढलान तथा पिच सडकमा परेका विद्युत पाेल हटाइने भएकाे छ ।

सडकभित्र परेका विद्युत पाेलका कारण दुर्घटना बढ्दै गएपछि मेयर राजन पाैडेलले अनुगमन गरेका थिए । मेयर पाैडेलले सराेकारवालासहित छलफलपछि वडा कार्यालयमार्फत पाेल हटाउने याेजना अघि बढाएका हुन् ।

मेयर पौडेलको कार्यकक्षमा मंगलबार बसेकाे बैठकमा प्रमुख प्रशासकीय चेत कुमार पोखरेल, सहरी पुर्वाधार महाशाखा प्रमुख ई.राम नरेश यादव, ई.संजीब रुपाखेती, योजना प्रमुख बालाराम खड्का वडा ३ का अध्यक्ष तारा बहादुर कार्की, वडा ९ का अध्यक्ष मोती लाल यादव, वडा ११ अध्यक्ष बिन्दालाल साह, वडा १८ अध्यक्ष चतुर बाबू वाग्ले, नेपाल विद्युत प्रधिकरण सिमराका प्रमुख ई.रामु श्रेष्ठ, राम नारायण साह सहभागी थिए ।

जीतपुरसिमराको २४ वटै वडाको पिच, ढलान, नालाको बिचमा परेको पोलको व्यवस्थापन नगरको योजनामा व्यवस्थित गर्ने र आवश्यक बजेट नगरले व्यवस्थापन गर्ने निर्णय भएकाे छ ।

प्रत्येक वडामा वडा अध्यक्ष, नगरको सब इन्जिनियर र बिद्युत प्राधिकरणको प्रविधिक सहितको टोलीले लागत संकलन गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पाेखरेलले वडा कार्यालय र विद्युत प्राधिकरणले पत्र लेखेर प्रकृया अघि बढाएका हुन् ।

उपमहानगरपालिकाले सूचनामार्फत निर्माण भएका सडक तथा नालाहरुमा परेका बिजुलिका पोलहरुकाे जानकारी गराउन अनुराेध गरेकाे छ । सूचनामा वडा नं, टोलको नाम, फोटो, सम्पर्क नं सहित फेसबुक पेजमा पोस्टको कमेन्टमा जानकारी गराउनुहुन वा सम्बन्धित वडाका वडा अध्यक्ष्यज्युलाई जानकारी गराउन अनुरोध गरेकाे हाे ।

nijgadh-supermart-adz1200-630