मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:३३
1.36K
shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासविना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो ।
साथै सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:३३

















