skip this

रुपन्देही ४ को प्रदेश २ मा कांग्रेसका खाँ विजयी, दाङ–२ मा रेखा शर्माको अग्रता

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी भएका छन् । १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बनेका हुन ।

उनले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याए । खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।निर्वाचन क्षेत्र नम्बर ४ को ‘२’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ ।

nijgadh-supermart-adz1200-630