skip this yams_Max_Hospital.jpeg

कविता : स्वप्न सुन्दरी    

759 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

          छन्द : शार्दूलविक्रीडित
विष्णु दाहाल
लाली सुन्दर लाउँछे अधरमा खुल्दाे प्रभा माेहनी
काली गाजल लाउँछे नयनमा बल्दाे सफा चाँदनी ।
वाणीमा मृदुता र कर्णप्रियता झल्किन्छ हे रागिनी
हिँड्दा पाउजूकाे प्रमाेद धुन त्यो गुञ्जिन्छ हे कामिनी ।

टीकाे बल्छ निधारमा गगनकाे ताराे बले झैँ गरी
वासन्ती फुल झैँ नितम्ब चपला भर्छन् मधूमाधुरी ।
अग्ला पर्वत झैँ विशाल उर छन् मानाैँ उचा टाकुरी
शैया काेमल बन्दिने प्रिय उनी हुन् स्वप्नकी सुन्दरी ।।

छर्की अत्तर अङ्ग अङ्ग मदकाे वास्ना मिठो छर्दछे
स्वप्नामा पनि मुग्ध भैकन सदा मुस्काउँदै हेर्दछे ।
नाडीमा सुनका जुहार किमती बाला चुरा लाउँछे
नाैरङ्गी मधुमासमा सरसले सङ्गीत ऊ भर्दछे ।।

नाना वस्त्र भिरी चिटिक्क तनमा बल्छे अलङ्कारले
चित्ताकर्षण गर्दछे वदनले साैन्दर्य शृङ्गारले  ।
खम्बा झैँ पदकी सुडाैल कदकी हे शारदी पूर्णिमा
मेराे जाेस बढाउने प्रणयमा हाै उर्वशी स्वर्णिमा ।।

पाेथी हाँस हिँडे समान गतिकाे लच्काइकाे चाल छ
चाैँरीकाे सुनकेशरी चमर झैँ लामाे खुदै बाल छ ।
डाेरीझैँ खिरिलाे छ कम्मर अहा ! छिन्ला किझैँ दुर्बल
सिङ्गाे देह छ फूल झैँ सिमलकाे सेतो भुवा काेमल ।।

त्यो नाभिस्थलमा छ गर्त गहिराे संसार डुब्ला कि झैँ
स्वर्गङ्गा सरिकाे बहन्छ रमिता, बेमौसमी फूल झैँ ।
यस्तो रूप र रङ्गको निधि कतै पाइन्न यो विश्वमा
प्याराे चुम्बन गर्छ नित्य जसले पुग्ला सिधै स्वर्गमा ।।

-इनरुवा ५, सुनसरी 

nijgadh-supermart-adz1200-630