रवीन्द्र अनुरागका मुक्तक
वि.सं.२०७८ असोज १६ शनिवार ०६:५५
576
shares
रवीन्द्र अनुराग
१.
आँसुको बर्षात भएछु, दु:खको किनारा भएछु म
हतारमा हात सुम्पिनाले, अभागी कर्महारा भएछु म ,
चाहान्थेँ भेट नहोस् उनीसँग मेटियोस् वियोगी खतहरू पत्तै नपाई यादले, भारी बिसाउने चौतारा भएछु म ।
२.
प्रकृति हाम्रो गौरव हो प्रकृति हाम्रो शान हो
प्रकृति जीवनदाता हो प्रकृति नै भगवान् हो ,
एउटा रुख काटिनपूर्व दुईवटा रुख रोपौँ
यो देश र जनता दुवै बचाउने अभियान हो ।
३.
जो छातीमा हजार चिरा पर्दा पनि मुस्कुराउँछन्
उनैले प्रायः मनमा आफ्नो मातृभूमि बसाउँछन् ।
देश बनाउन सक्दैन सरकार सत्तामा बसेर पनि
बनाउनेले बरु पातमा देशको चित्र बनाउँछन् ।
– जलजला ३ पर्वत, बेनी
वि.सं.२०७८ असोज १६ शनिवार ०६:५५