श्यामकुमार का गजल

वि.सं.२०७८ असोज १६ शनिवार ०६:३५
627
shares

श्यामकुमार क्षेत्री (मुस्कान)
मन्दिरमा दियो बालेर गल्ती गरेछु ।
स्वार्थीलाई सिन्दुर हालेर गल्ती गरेछु ।पशु पालेको भए फाईदै हुन्थ्यो होला,
यहाँ मान्छेलाई पालेर गल्ती गरेछु ।फाटेकै लुगा लाएर भए पनि खुसी थिएँ,
त्यहीँ लुगालाई यहाँ टालेर गल्ती गरेछु ।च्यात्तिएको थियो मन समाल्न जानिनँ मैले,
राख्नु थियो सजाई फालेर गल्ती गरेछु ।कयौँ भन्नु थियोे कुरा उनैलाई भनिनँ,
पीडा लुकाई मनभित्र गालेर गल्ती गरेछु ।
– नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल भारत

वि.सं.२०७८ असोज १६ शनिवार ०६:३५