skip this farak Kura Pravakar

चिनियाँ कम्यूनिष्ट पार्टीको विदेश विभागको निम्तोमा मेयर पौडेल चीन उडे ! उपमेयर अधिकारीले पाए कार्यबाहक

2.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल उत्तर छिमेकी राष्ट्र चीन भ्रमणमा गएका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहेका मेयर पौडेल चिनियाँ कम्यूनिष्ट पार्टीको विदेश विभागको निम्तोमा बुधबार चीन भ्रमणमा गएका हुन् ।

माओवादी महासचिव देव गुरुङको नेतृत्वमा माओवादी नेताहरु चीन भ्रमणमा गएका हुन् । मेयर पौडेल मध्यान्ह १२ः३० बजेको एअर चाइनाको उडानमा चीन उडेका हुन् । भ्रमण खर्च चिनियाँ कम्यूनिष्ट पार्टीले व्यहोर्ने जनाईएको छ ।

टोली बैशाख १५ गतेसम्म चीनमा रहेर बेइजिङ, माओको जन्मथलो हुनान, क्वेइचौ, खुन्मिङको भ्रमण गर्नेछ ।

अधिकारीले पाए कार्यबाहक

मेयर पौडेल एक साता लामो विदेश भ्रमणमा निस्केपछि उपमेयर भोलाप्रसाद अधिकारीले कार्यबाहक मेयरको जिम्मेवारी पाएका छन् । उपमेयर अधिकारी नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।

nijgadh-supermart-adz1200-630