प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:०९
1.05K
shares

काठमाडौं । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको भेटघाट बाक्लिएको छ । एमाले पूर्व सहमति अनुसार राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ ।
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:०९

















