कांग्रेसका नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:२३
1.04K
shares

काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भएको छ । कांग्रेसका नेता भण्डारी र उनल्की ८६ वर्षीया हरिकला ग्यास सिलिन्डर विस्फोटमा परी गम्भीर घाइते भएका थिए ।
नेता भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लैजाने तयारी भएको हो । यसअघि स्वदेशकै उपचारमा विश्वास रहेको भन्दै भण्डारीले भारत नजाने अडान लिए पनि कांग्रेस नेताहरूले उनलाई मनाएका हुन । कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्षमा अहिले भण्डारीको उपचार भइरहेको छ । अस्पतालले उनको हालत गम्भीर रहेको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरिसकेको छ ।
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:२३

















